विक्रान्त भन्छन्,: ‘१२ वी फेल’को स्क्रिप्ट पढ्दा रोएँ

विक्रान्त भन्छन्,: ‘१२ वी फेल’को स्क्रिप्ट पढ्दा रोएँ


मुम्बई ।

बलिउड अभिनेता विक्रान्त मेसी हालका दिनमा आफ्नो ब्लकबस्टर फिल्म ‘१२ वी फेल’को सफलताको उत्सव मनाइरहेका छन्। यो फिल्मबाट उनले यस वर्षको ‘फिल्मफेयर अवार्ड २०२४’ मा ‘बेस्ट एक्टर’को अवार्ड नै जिते। जसको खुशी उनले आईपीएस मनोजकुमार शर्माका साथ उनको घरमा मनाए।

विक्रान्तले हालैमात्र आफ्नो इन्स्टाग्राममा मनोजसँगको एक तस्वीर शेयर गरेका थिए, जहाँ उनी मनोजका साथ आफ्नो अवार्डसहित उपस्थित थिए ।
यही बीचमा विक्रान्तले आफ्नो फिल्म ‘१२ वी फेल’को स्क्रिप्टका बारेमा कुराकानी गरेका छन्।

उनले आफूले फिल्मको स्क्रिप्ट पढ्दा कस्तो अनुभव भयो भन्ने कुरा बताएका छन्। जब मैले पहिलोपटक स्क्रिप्ट पढें, म करिब १५–२० मिनेटसम्म रोएँ। किनकी मैले यस्तो अद्भुत कथा कहिल्यै सुनेको थिइनँ। न देखेको नै थिएँ, यहाँसम्म कि यो बारे मलाई थाहा पनि थिएन’, उनले भनेका छन्, ‘म यो स्क्रिप्ट पढेर निकै प्रभावित भएको थिएँ र कहिँ न कहिँ आफूलाई यही कथामै पाएँ।’

‘१२ वी फेल’को कथा आईपीएस अधिकारी मनोजकुमार शर्माको जीवनमा आधारित छ। आफ्नो १५ वर्षे करियरमा विक्रान्तले ‘मिर्जापुर’, ‘लिपस्टिक अन्डर माई बुर्का’, ‘छपाक’, ‘हसीन दिलरुबा’ र ‘लव होस्टल’ जस्ता फिल्ममा दमदार अभिनय गरेका छन्।