मुम्बई ।
साउथ अभिनेता धनुषले खेल्न लागेको चलचित्र ‘डीएनएस’को छायाङ्कन सुटिङ युनिटविरुद्ध परेको उजुरीका कारण रोकिएको छ। धनुष हालैमात्र फिल्म ‘क्याप्टेन मिलर’मा देखिएका थिए।
जुन फिल्म हाल पनि प्रदर्शनरत छ। यो फिल्म पछि धनुष नयाँ फिल्मको सुटिङ तयारीमा जुटेका थिए। उनले निर्देशक शेखर कमुलाका साथ फिल्म ‘डीएनएस’ मा काम गर्न सुरु गरेका थिए।
फिल्मको केही दृश्य तिरुपतिमा छायाङ्कन गरिनुपर्ने थियो। तर, प्रहरीले अनुमति नदिएपछि यसको सुटिङ रोकिएको छ।
केही साता अघि फिल्मको मुहुर्त गरेर सुटिङ सुरु गरिएको थियो। फिल्ममा धनुषका अलावा रश्मिका मन्दाना र नागार्जुन प्रमुख भूमिकामा छन्। फिल्मको पहिलो सेड्युल तिरुपतिमा थियो, तर प्रहरीको छायाङ्कन गर्न अनुमति नमिलेपछि सुटिङ रोकिएको छ।
फिल्मको सुटिङ तिरुपति पहाडको फेदीमा गर्नुपर्ने थियो। यसका लागि बससहित अन्य सवारीसाधनलाई अर्को बाटो पठाउनुपर्यो। यहीकारण त्यहाँ ठूलो ट्राफिक जाम भएको थियो। फिल्मको टिमले मन्दिरका श्रद्धालुलाई मन्दिरबाट बाहिर पठाइदिएका थिए। किनकी उनीहरु गोविन्दराजा स्वामी मन्दिर बाहिर सुटिङ गर्न चाहन्थे।
यहीकारण फिल्मको टिमविरुद्ध श्रद्धालुले प्रहरीमा उजुरी दर्ता गरे। दर्तापछि तिरुपति प्रहरीले फिल्मको टिमलाई सुटिङको लागि अनुमति दिन अस्वीकार गरेको छ। जसकारण फिल्मको सुटिङ रोकिएको छ।
प्रतिक्रिया