आईसीसी यू–१९ विश्वकप : नेपाल र बंगलादेशबीच खेल हुँदै

आईसीसी यू–१९ विश्वकप : नेपाल र बंगलादेशबीच खेल हुँदै


काठमाडौं ।

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपअन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे हुनेछ।

नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ। त्यसैले नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोचमा हुनेछ। उता बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक छ।

नेपाल सुपर सिक्समा २ खेलमा अंकविहीन हुँदै पाँचौं स्थानमा छ। बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । समान ६–६ अंक भएपनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन्।

नेपाल र बंगलादेशबीच यू–१९ विश्वकपमा हालसम्म दुई खेल भएका छन्। नेपालले २००२ को विश्वकपमा बंगलादेशलाई २३ रनले हराएको थियो। २०१६ को यू–१९ विश्वकप क्वाटरफाइनल भने नेपाल ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो।