राष्ट्रिय सभामा विजयीहरु (सूचीसहित)

राष्ट्रिय सभामा विजयीहरु (सूचीसहित)


काठमाडौँ ।

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका १९ सीटका लागि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ र विपक्षी एमालेका एक जना निर्वाचित भएका छन्।

कोशी प्रदेशबाट सत्ता गठबन्धनको उम्मेदवारलाई हराउँदै बिजयी भएकी एमालेकी रुक्मिणी कोइराला

रिक्त भएका पदको निर्वाचनका लागि संवैधानिक व्यवस्थाअनुसार महिला, अपांग वा अल्पसंख्यक र अन्य गरि तीन ‘क्लस्टर’सँग सम्बन्धितलाई दलहरुले उम्मेदवार बनाएका थिए।

निर्वाचनमा आठ वटा दलबाट ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए। एक जना सदस्य राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्। सदस्यको पदावधि तालिकाअनुसार हरेक दुई–दुई वर्षमा राष्ट्रिय सभाको एक तिहाइ सदस्य रिक्त हुने गरेको छ।