टुंगो लाग्यो अफ्रिकन कप अफ नेसन्स खेल्ने अन्तिम १६ टोली

टुंगो लाग्यो अफ्रिकन कप अफ नेसन्स खेल्ने अन्तिम १६ टोली


काठमाडौं ।

अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ मा पुग्ने सबै टिमको टुंगो लागेको छ। ६ वटा समूहबाट शीर्ष २ टिमले सिधै अन्तिम १६ मा स्थान बनाउँदा बाँकी ४ टिमहरु भने समूहका उत्कृष्ट तेस्रो स्थानमा रहनेले नकआउट चरणको यात्रा तय गर्न सफल भए।

बुधबार राति भएको समूह एफका खेलसँगै अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको हो। समूह एबाट इक्वेटोरियल गिनी र नाइजेरिया, समूह बीबाट केप भर्डे र इजिप्ट, समूह सीबाट सेनेगल र क्यामरुन, समूह डीबाट एंगोला र बुर्किना फासो, समूह ईबाट माली र दक्षिण अफ्रिका, समूह एफबाट मोरक्को र कंगो राउण्ड अफ सिक्सटीनमा पुगेका छन्।

यस्तै, समूहका तेस्रो स्थानमा रहने टीमहरुमा समूह एबाट आइभरी कोष्ट, समूह सीबाट गिनी, समूह डीबाट मौरिटेनिया र समूह इबाट नामेवियाले नकआउट चरणमा स्थान पक्का गरे। राउन्ड अफ सिक्सटीन (प्रिक्वाटर फाइनल) खेल शनिबारदेखि सुरुहुने छ।