भूमिका श्रेष्ठलाई अमेरिकाले दियो सन् २०२२ को सहासिक महिला पुरस्कार

भूमिका श्रेष्ठलाई अमेरिकाले दियो सन् २०२२ को सहासिक महिला पुरस्कार


काठमाडौं, २४ फागुन । अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को सहासिक महिला पुरस्कार नेपालकी भूमिका श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपलाका यौनिक अल्पसंख्यकको हक अधिकारका लागि कार्यरत भूमिका श्रेष्ठले पु–याएको योगदानका लागि सो पुस्कार दिइएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । सो पुरस्कार यस अघि एसिड पीडित मुस्कान खातुनले पाउनु भएको थियो ।