यू–१९ विश्वकपमा भारत र पाकिस्तानको विजयी सुरुवात

यू–१९ विश्वकपमा भारत र पाकिस्तानको विजयी सुरुवात


काठमाडौं ।

आइसीसी यू १९ विश्वकप क्रिकेटमा भारत र पाकिस्तानले विजयी सुरुवात गरेको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा भारतले बंगलादेश र पाकिस्तानले अफगानिस्तानलाई हराएको हो।

पहिलो खेलामा भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो। जवाफमा बंगलादेशको टिम ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटियो।

पहिला ब्याटिङ गर्दा भारतका आदर्श सिंहले सर्वाधिक ७६ रनको पारि खेल्दा उदय शरणले ६४ रन बनाएका थिए। यस्तै सचिन दासले नटआउट २६ रन बनाउँदा आर्भेले अभिनास र प्रियान्सु मोलियाले २३–२३ रन बनाए। बंगलादेशका मारुफ मरिदाले सर्वाधिक ५ विकेट लिए।

२५२ रनको लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटियो। बंगलादेशका लागि मोहम्मद सिहाव रोबीले ५४ रनको अर्धशतकीय पारि खेल्दा अरिफुल इस्लामले ४१ रन बनाए। शेख पभेज जिवोन १५ तथा अशिकुर रहमान र जिसन आलमले १४–१४ रन बनाए।

भारतका सौम्य पाण्डेले ४ विकेट लिँदा मुसेर खानले २ विकेट लिए। समूह एमा भारतले पनि २ अंक जोडेको छ।

यस्तै आर्काे खेलामा पाकिस्तानले विजयी सुरुआत गरेको छ। पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको एकर्फी जित निकालेको हो। पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको थियो। जवाफमा अफगानिस्तानको टोली २६.२ ओभरमा १०३ रनमा समेटियो।

पाकिस्तानका लागि शहजेव खानले शतकीय पारि खेले। उनले १०६ रन बनाउँदा कप्तान साद बागले ५५ रनको अर्धशतकीय पारि खेलेका थिए। यसैगरी रइज उल्लाहले ४६ रन बनाउँदा उविद साहले २२ तथा सयमुल हुसेनले १७ रन जोडे।

अफगानिस्तानका खलिल अहमदले ४ विकेट लिँदा बसिर अहमदले २ विकेट हात पारे । २८५ रनको लक्ष्यसहित मैदान उत्रिएको अफगानिस्तानले कुनै पनि बेला पाकिस्तानमाथि दबाब बनाउन सकेन। अफगानिस्तानका नुमान साहले २६ रन बनाउँदा रहिमुल्लाह जुर्माटी र सोएल खानले २०–२० रन बनाए।

हुसेन इसाखिलले १९ रन बनाउनु बाहेक अरुले विर्सन लायक प्रदर्शन गरे । पाकिस्तानका उविज साहले सर्वाधिक ४ विकेट लिँदा मोहम्द जेसनले ३ विकेट हात पारे। जितसँगै पाकिस्तानले समूह डीमा २ अंक बनाएको छ। यो समूहमा नेपाल पनि रहेको छ । नेपालले आइतबार न्यूजिल्याण्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्ने छ।