काठमाडौं ।
एसियाको पावर हाउसको रुपमा रहेको दक्षिण कोरियाले जोर्डनसँग कठिन बराबरी खलेको छ। कतारमा जारी एएफसी एशियन कप फुटबलमा पेनाल्टी र आत्मघाति गोलको मद्दतले जापानले जोर्डनसँग २–२ गोलको बराबरी खेलेको हो।
बाराबरी खेल्दै एक एक अंक थपेपछि जोर्डन र कोरिया समान ४–४ अंक बनाउँदै समूह ई मा शीर्ष २ स्थानमा छन्। दोहाको अल थुमामा रंगशालामा खेलको ९ औं मिनेटमा कोरियाले पेनाल्टीमा गोल गर्दै खेलमा अग्रता बनाएको थियो।
खेलको चौथो मिनेटमा जोर्डनका खेलाडीले सन हुङ मिनलाई पेनाल्टी एरियामा फल गरेपछि भारले दक्षिण कोरियालाई पेनाल्टी दिएको थियो। उक्त पेनाल्टीमा सन हुङ मिनले कुनै गल्ति गरेनन्। खेलको ३७ औं मिनेटमा कोरियाका पार्क योङ हुले बल क्लिय गर्ने क्रममा आफ्नै पोस्टमा गोल गर्दा जोर्डनले एक एक गोलको बराबरी गरेको थियो।
पहिलो हाफको इन्जुरी समयको छैटौं मिनेटमा याजन अल नैमतले गोल गर्दै जोर्डनलाई दक्षिण कोरियाविरुद्ध २–१ को अग्रता दिलाए। पहिलो हाफको अग्रतालाई जोर्डनले खेलको अन्तिम समयमा जोगाउन नसक्दा दक्षिण कोरियासँग अंक बाँडेको हो।
दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा जोर्डनका खेलाडीले आत्मघाति गोल गरे। याजन अल अरबले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि कोरियाले खेल २–२ को बराबरीमा टुंग्यो।
प्रतिक्रिया