काठमाडौं ।
यू १९ विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको छ । समूह बीमा रहेको दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ३१ रनले पराजित गरेको हो ।
वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपनि दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २८५ नको बलियो स्कोर खडा गरेको थियो। दक्षिण अफ्रिकाका लागि डेभोन मराइसले सर्वाधिक ६५ रनको इनिङ खेले।
कप्तान जुआन जेम्सले ४७ रन, डेभिड टाइगरले ४४ र एल प्रिटोरियसले ४० रनको योगदान दिए। वेस्ट इन्डिजका लागि नाथन सीलीले सर्वाधिक ३ विकेट लिए। नाथन एडवर्ड्स र डिसन जेम्सले समान २–२ विकेट लिए।
लक्ष्य पछ्याएको वेस्ट इन्डिजको टोली ४०.१ ओभरमा २५४ रनमा सिमित भयो । वेस्ट इन्डिजका लागि ज्वेल एन्ड्रयुले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए। उनले ९६ बलमा १४ चौका र तीन छक्का प्रहार गर्दै १३० रन बनाए। तर, अन्य कुनै पनि ब्याट्सम्यानले अर्धशतक पनि बनाउन सकेनन् र एकपछि अर्को गर्दै आउट भए जसका कारण टोली हारेको थियो । दक्षिण अफ्रिकाका लागि क्वेना माफाकाले सर्वाधिक ५ विकेट र रिले नोर्टनले ३ विकेट लिए।
प्रतिक्रिया