बलिउड अभिनेता पंकज त्रिपाठी भन्छन् : ‘अब हरेक फिल्मको सुटिङपछि एक महिना ब्रेक लिन्छु’

बलिउड अभिनेता पंकज त्रिपाठी भन्छन् : ‘अब हरेक फिल्मको सुटिङपछि एक महिना ब्रेक लिन्छु’


मुम्बई ।

बलिउड अभिनेता पंकज त्रिपाठी अहिले व्यस्त अभिनेताका रुपमा परिचित छन्। उनले ३ वर्ष यता करिब १४ फिल्ममा काम गरिसकेका छन् । अब भने यी अभिनेता अभिनयबाट ‘ब्रेक’ लिन चाहन्छन्।

पंकजका अनुसार, अब उनी हरेक फिल्मको सुटिङ पुरा भएपछि ३० दिनका लागि ‘ब्रेक’ लिने योजनामा छन्। उनी पछिल्लो फिल्मको भूमिकाबाट बाहिर निस्कनका लागि यो निर्णय लिन लागेको बताउँछन्। ‘मैले आफ्नो काम कम गर्ने निर्णय लिएको छु। मलाई लाग्यो कि यो धेरै नै भयो। यति धेरै अभिनय गर्नु पनि हुँदैन। हरेक कुराको एक सीमा हुन्छ र मैले आफ्नो शारीरिक हाउभाउलाई परिवर्तन गर्न सकिनँ। यसकारण नै मैले वर्षमा १० प्रोजेक्ट गर्नुको सट्टा अब मात्र तीन प्रोजेक्ट गर्ने निर्णय लिएको छु’, उनले भनेका छन्।

पंकजले फिल्म ‘स्त्री २’को सेटको एक किस्सा पनि शेयर गरेका छन्। उनले आफ्नो कामले कसरी ‘ओभरल्याप’ गर्न सुरु गर्यो भन्ने किस्सा खुलाएका छन्।

‘फिल्म ‘मे अटल हुँ’को सुटिङ पुरा गरेर अघिल्लो दिन म ‘स्त्री २’को सेटमा पुगें। सुटको सुरु दिन नै निर्देशक अमर कौशिक मेरो नजिक आएर ‘अटल जी जस्तो देखिनु भएको छ’ भने । मैले ‘अब के गर्नु ? भनेर सोधें। त्यसपछि अमरले मलाई एकदिनको बिदा दिएर ‘घर गएर स्त्री हेर्नु र रिल्याक्स गर्नु’ भने’, पंकजले भनेका छन्।

पंकजले एक सेटबाट अर्को सेटमा बिना तयारी जानु कलाकारका लागि गलत भएको बताए। ‘मलाई लाग्छ कि हरेक फिल्म सुरु गर्नुअघि ३० दिनको ग्याप गर्न आवश्यक छ।

१० दिन पुरानो चरित्रलाई बिर्सन, १० दिन परिवारलाई समय दिन र १० दिन नयाँ भूमिकाको तयारी गर्नका लागि हो । अब म यो नियम लागु गर्छु’, पंकजले भनेका छन्।

वर्षौको काम पछि पंकज अहिले त्यो व्यावसायिक स्थानमा छन्, जहाँ उनी नयाँ काम अस्वीकार गर्न या आफ्नो इच्छाले भूमिका स्वीकार्न सक्छन्। ‘पहिला ममाथि कैयौं जिम्मेवारी थियो।

त्यो बेला म हरेक काम पैसा कमाउनका लागि गर्थें। अब अवस्था फेरिएको छ। मेरो इएआई पुरा भइसकेको छ। पैसाको जीवनमा ठूलो भूमिका छैन। यो कुरा भन्नका लागि पनि पैसा चाहिन्छ। पैसा भयो भने मात्र मानिसले यी कुरा भन्न सक्छ’, उनी भन्छन्।

रवि जाधव निर्देशित फिल्म ‘मे अटल हुँ’ १९ जनवरीमा रिलिज हुँदैछ। यो फिल्मका अलावा यो वर्ष पंकजका दुई फिल्म ‘स्त्री २’ र ‘मेट्रोः इन दिनो’ रिलिज हुँदैछ।