काठमाडौं ।
कतारमा जारी एफसी एशियन कप फुटबलमा इराकले जापानमाथि ऐतिहासिक जित निकालको छ। एएफसीमा सन् २००० यता जापानलाई पराजित गर्न नसकेको इराकले शुक्रबार भएको खेलमा जापानमाथि २–१ गोल अन्तरको जित दर्ता गरेको हो।
जितसँगै समूह डीबाट इराकले अन्तिम १६ मा स्थान पक्का गर्दा जापानलाई भने समूह चरणको अन्तिम खेल कुर्नु पर्ने बाध्यता आइलागेको छ। पहिलो हाफमै २ गोल गरेको इराकले दोस्रो हाफमा गोल थप्न नसके पनि १ गोलमात्रै व्यहोरेको थियो।
इराकका लागि दुवै गोल अइमान हुसेनले गरेका थिए। उनले खेल सुरु भएको छैटौं मिनेटमै गोल गर्दै इराकलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा हुसेनले नै व्यक्तिगत दोस्रो गोल गर्दा इराक २–० ले अघि बढेको थियो।
५९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि इराकमाथि दबाब बनाउन भने पटक पटक असफल भएको थियो। दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा जापानका बतारु एन्डोले गोल गर्दै अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन।
प्रतिक्रिया