पाकिस्तानविरुद्ध न्युजिल्याण्ड विजयी

पाकिस्तानविरुद्ध न्युजिल्याण्ड विजयी


काठमाडौं ।

पाकिस्तानविरुद्धको पाँच खेलको टी–२० सिरिजमा न्युजिल्याण्डले ४–० को अग्रता बनाएको छ। शुक्रबार क्राइस्टचर्चमा भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो।

पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो। जवाफमा न्युजिल्याण्डले १८.१ ओभरमा ३ विकेट गुमाएर खेल जित्न सफल भयो।

न्युजिल्याण्डले टस जितेर पाकिस्तानलाई पहिले ब्याटिङ गर्ने मौका दिएको थियो तर उसको सुरुवात खराब रह्यो। ओपनर साम अयुबले १ रन बनाए र दोस्रो ओभरमा नै ५ रनमा रहे। दोस्रो ओपनर मोहम्मद रिजवान र बाबर आजमको अनुभवी जोडीले पाकिस्तानको स्कोर ५० रनभन्दा माथि पुर्याए पनि सातौं ओभरमा ५६ रनको स्कोरमा ११ बलमा १९ रन बनाएर बाबर आउट भए। फखर जमान ९ र साहिबजादा फरहानले १ रन बनाएर १३ ओभरमा ८६÷४ को अवस्थामा पुर्याए।

यसैबीच, मोहम्मद रिजवानले एक छेउबाट रन बनाउन जारी राखे र उनले आफ्नो २६ औं टी २० मा ३८ बलमा अर्धशतक बनाए। उनी र इफ्तिखार अहमद (१०) बीच ४० रनको साझेदारी भयो जसले पाकिस्तानको स्कोर १२६ मा पुगेको थियो।

१८ औं ओभरमा इफ्तिखार आउट भएपछि ब्याटिङमा आएका मोहम्मद नवाजले ९ बलमा तीन छक्का प्रहार गर्दै अविजित २१ रन बनाए र स्कोरलाई १५० भन्दा माथि पु¥याउन महत्वपूर्ण भूमिका खेले। तर, उनीसँगै क्रिजमा रहेका रिजवानले छिट्टै रन बनाउन सकेनन् र उनको शतक पनि चुक्यो। उनले ६३ बलमा ९० रनको नटआउट पारि खेले। न्युजिल्यान्डका लागि म्याट हेनरी र लोकी फर्गुसनले २–२ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डको सुरुवात निकै खराब रह्यो। शाहीन अफ्रिदीले पहिलो ओभरमा नै १० रन नपुगेसम्म टोलीलाई दुई ठूला झट्का दिए। उत्कृष्ट फर्ममा रहेका फिन एलेन ४ बलमा ८ रन बनाएर आउट भए भने टिम सेफर्ट खाता खोल्नै नखोली आउट भए । २० रनको स्कोरमा अफ्रिदीले विल यंगलाई पनि आफ्नो शिकार बनाए र उनले मात्र ४ रन बनाउन सके। समस्यामा परेको न्युजिल्यान्डलाई ड्यारिल मिचेल र ग्लेन फिलिप्सको जोडीले सम्हालेका थिए।

दुबैले आ–आफ्नो अर्धशतक पूरागरे र त्यसपछि टी २० मा न्यूजिल्याण्डका लागि चौथो विकेटको लागि सबैभन्दा ठूलो साझेदारी गरे र १९ औं ओभरमा आफ्नो टोलीलाई जित दिलाए। मिचेलले ४४ बलमा ७ चौका र दुई छक्का प्रहार गर्दै नट आउट ७२ रनको पारि खेले। ग्लेन फिलिप्सले ५२ बलमा ५ चौका र तीन छक्का सहित नटआउट ७० रन बनाए। न्युजिल्याण्डले गुमाएका तीन वटै विकेट शाहिन अफ्रिदीको नाउँमा रह्यो।