काठमाडौं ।
एफसी एशिया कप फुटबलमा थाइल्याण्ड विजयी भएको छ। कतारमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा थाइल्याण्डले कीर्गिस्तानमाथि २–० को सहज जित दर्ता गरेको हो। फिफा वरियतामा ११३ औं स्थानमा रहेको थाइल्याण्डले ९८ औं स्थानमा रहेको कीर्गिस्तानविरुद्ध सहज जित निकालेको हो।
थाइल्याण्डको जितमा सुपाचाई चाइडेडले दुवै गोल गरेका थिए। २६ औं मिनेट र ४८ औं मिनेटमा गरी दुवै गोल उनैले गरेका हुन्। त्यसपछि दुवै टिमबाट गोल नभएपछि समूह एफमा थाइल्याण्डले स्पष्ट जितका साथ ३ अंक लिन सफल भयो। यो समूहमा साउदी अरेविया र ओमान पनि रहेका छन्।
प्रतिक्रिया