एनिमल सुपरहिट भएपछि रणवीरकाे पारिश्रमिक दोब्बर

एनिमल सुपरहिट भएपछि रणवीरकाे पारिश्रमिक दोब्बर


मुम्बई ।

फिल्म एनिमल सुपरहिट भएपछि अभिनेता रणवीर कपूरले आफ्नो पारिश्रमिक बढाएका छन्। गत डिसेम्बर १ मा रिलिज भएको एनिमलले भारतीय बक्सअफिसमा मात्र ५५४ करोड कमाई गरिसकेको छ।

एनिमल बलिवुडको अल टाइम धेरै कमाइ गर्ने फिल्मको सूचीमा शाहरुख खानको जवानपछि दोस्रो स्थानमा पुगेको छ। २०२३ को सेप्टेम्बरमा रिलिज भएको जवानले ६४३ करोड कमाएको थियो।

रिपोर्टका अनुसार एनिमलको सफलतापछि रणवीरले आफ्नो पारिश्रमिक ३० करोडबाट बढाएर ६५ करोड रुपैयाँ पुर्याएका छन्।

यस अघि गदर( २ सुपरहिट भएपछि सन्नी देओलले आफ्नो पारिश्रमिक ८ करोडबाट बढाएर ५० करोड पुर्याएका थिए। गदर–२ ले बह्र्तीय बक्सअफिसमा ५२५ करोड कमाई गर्दै अल टाइम बढी कमाइ गर्ने फिल्मको सूचीमा चौथो स्थानमा रहेको छ।

मिडिया रिपोर्टका अनुसार रणवीरको एनिमलले विश्वभर अहिलेसम्म ९१५ करोड भारु कमाइसकेको छ।