काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले टोटनह्यम हटस्परमाथि शानदार जित निकालेको छ। बिहीबार राति सम्पन्न खेलमा ब्राइटनले टोटनह्यम हटस्परलाई ४–२ गोल अन्तरले पराजित गरेको हो।
ब्राइटनको जितमा जाओ पेड्रोले २ गोल पेनाल्टीमा गर्दा ज्याक हेन्सलवुड र प्रेभिस जोसुले एक एक गोल थपेका थिए। टोटनह्यामका लागि एलेजो वेलिज र बेन्जामिन डाभिसले एक एक गोल फर्काए। घरेलु मैदानमा ब्राइटनल ११ औं मिनेटमा अग्रता लिएको थियो। पेड्रोको पासमा हेन्सलुवडले गोल गरका थिए।
२३ औं मिनेटमा पेड्रोले पेनाल्टीमा गोल गरेका थिए। डीबक्स भित्र ह्यान्ड भएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि ब्राइटन २–० ले अघि बढेको थियो। ६३ औं मिनेटमा ब्राइटनले गोल गर्दै खेल ३–० मा पुर्याएको थियो। उसका लागि प्रेभिस जोसुले जेम्स मिल्नरको पासमा गोल गरेका थिए।
७५ औं मिनेटमा फेरि पेनाल्टीमा पेड्रोले गोल गर्न सफल भए। उनले पेनाल्टीमै लगातार २ गोल गर्दा ब्राइटन ४–० को सहज अवस्थामा पुगेको थियो। ८१ औं मिनेटमा टोटनह्यामका लागि एलेजो बेलिजले सन हिउङ मिनको पासमा गोल गर्दै अग्रता ४–१ मा झारे।
८५ औं मिनेटमा पेड्र पोरोरोको पासमा डाभिसले गोल गर्दै ४–२ मा ल्याए पनि जितका लागि पर्याप्त भएन। जितसँगै ब्राइटन ३० अंक बनाएर तालिकाको आठौैं स्थानमा उक्लदा टोटनह्याम भने ३६ अंकका साथ पाँचौं स्थानमा छ।
प्रतिक्रिया