इंग्लिस प्रिमियर लिग : वेस्टह्याम युनाइटेडले आर्सनललाई २-० ले पराजित

इंग्लिस प्रिमियर लिग : वेस्टह्याम युनाइटेडले आर्सनललाई २-० ले पराजित


काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको आर्सनल पराजित भएको छ। विहीबार राति भएको खेलमा आर्सनल वेस्टह्याम युनाइटेडसँग २–० गोल अन्तरले पराजित भएको हो। घरेलु मैदान इमिरेट्समा आर्सनल पराजित भएसँगै लिभरपुललाई पछि पारेर शीर्ष स्थानमा उक्लने मौका गुमेको छ।

लिभरपुल ४२ अंकका साथ शीर्ष स्थानमा रहँदा आर्सनल ४० अंकका साथ दोस्रो स्थानमा यथावत रहन पुग्यो। जित निकालेको वेस्टह्याम भने म्यानचेस्टर युनाइटेडलाई पछि पार्दैै छैटौं स्थानमा उक्लिएको छ। वेस्टह्यामको ३३ अंक भएको छ।

वेस्टह्याको जितमा थोमस साउसेक र मोन्स्टानटिनोस माभरोपानोसले एक एक गोल गरे। थोमस साउसेकले १३ औं मिनेटमा जारोड बोवेनको पासमा गोल गर्दै अग्रता दिलाए। पहिलो हाफमा १ गोल गरेको वेस्टह्यामले दोस्रो हाफमा अरु १ गोल थपेको थियो। जेम्स वार्डको पासमा माभरोपानोसले गोल गरेपछि ५५ औं मिनेटमा अग्रता दोब्बर भएको थियो।

सोही गोल अन्तर अन्तिमसम्म कायम राख्दै वेस्टह्यामले आर्सनलविरुद्ध २–० को सहज जित निकाल्न सफल भयो।