काठमाडौं । म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ। शुक्रबार राति साउदी अरेवियामा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४–० गोल अन्तरले पराजित गर्दै सिटीले पहिलो पटक उपाधि जितेको हो।
सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गर्दा फिल फोडेनले १ गोल गरेका थिए। १ गोल भने उपहार पाएको थियो। खेल सुरु भएको ४० सेकेन्डमै अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए।
२७ औं मिनेटमा फ्लुमिनेन्सका निनोले आफ्नै पोस्टमा प्रहार गरेपछि सिटीले उपहार गोलमार्फत अग्रता दोब्बर बनाएको थियो। पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा अरु २ गोल थपेको थियो।
७२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए। यस्तै, ८८ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४–० को सहज जितका साथ उपाधि कब्जा गर्न सफल भयो।
प्रतिक्रिया