एनआरएनए सह–कोषाध्यक्षमा क्यानडाबाट अभिमन्यु बस्नेतको उम्मेदवारी

एनआरएनए सह–कोषाध्यक्षमा क्यानडाबाट अभिमन्यु बस्नेतको उम्मेदवारी


काठमाडौँ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सह–कोषाध्यक्ष पदमा अभिमन्यु बस्नेतले उम्मेदवारी दिने भएका छन्। एनआरएनएका बर्तमान अमेरिकन रिजनका सह–संयोजक बस्नेतले (२०२३–२५) को कार्यकालका लागि सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन्।

एनआरएनएमा आफ्नो सकृयता, कृयाशिलता र निरन्तरताका लागि सह–कोषाध्यक्षमा उम्मेदवारी दिने बताए। उनले उक्त पदमा आफूभन्दा सिनियर मान्छे कोही आउँदा आफूले छाडिदिने समेत बताएका छन्। बस्नेतले केही दिनमा आगामी कार्ययोजना सहित औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्।

हाल भद्रगोल अवस्थामा चलिरहेको संघको आर्थिक प्रणालीलाई बर्तमान कार्यकालमा ब्यबस्थित गर्नको लागि धेरै मेहनत गर्नुपर्ने र त्यसको लागि संघलाई आफ्नो उर्जा र इमान्दारिताले योगदान गर्न उम्मेदवारी दिन लागेको बताए।

गैर आबासीय नेपाली संघ क्यानडाको विभिन्न पदमा रहँदै आईसिसि सदस्य, विभिन्न टास्कफोर्समा रही हाल अमेरिकन क्षेत्र डिआरसीको जिम्मेवारीलाई संस्थागत मर्यादा र निष्ठापूर्वक जिम्मेवारी निभाएका बस्नेतलाई संगठनका अग्रज र समकालिनहरुको पनि समर्थन रहेको छ।

सबैसँग मिलेर काम गर्न सक्ने र पाएको जिम्मेवारिलाई इमान्दारिता पूर्वक सम्पन्न गर्न सक्ने ब्यक्तिका रुपमा बस्नेतले एनआरएनमा आफ्नो परिचय बनाएका छन ।

नेपाललगाएत विश्वका बिभिन्न देशमा मानबीय सेवा ,अन्य कल्याणकारि काम र परोपकारी कामको लागी सधै कृयाशिल बस्नेत यो अभियानमा पनि केही दिनको लागी आउन लागेको बताउँछन।

बिगतमा सुरु भएका राम्रा आर्थिक नीति र कार्यक्रमलाई संस्थागत गर्ने , आर्थिक रुपमा संस्थालाई आत्मनिर्भर र पारदर्शी बनाउने, संस्थामा आर्थिक पारदर्शितासहित चुहावट रोक्ने लगाएतका परिवर्तनकारी योजना सहित छिट्टै औपचारिक कार्यक्रम गरि आफु अगाडी बढ़ने जनाउदै बस्नेतले आफ्नो अभियानलाई साथ दिन सबै गैरआवासीय नेपालीलाई आग्रह गरेका छन्।