परवीन बबीको बायोपिकमा उर्वशी

परवीन बबीको बायोपिकमा उर्वशी


मुम्बई ।

बलिउड अभिनेत्री उर्वशी रौतेला दिग्गज अभिनेत्री परवीन बबीको बायोपिकमा प्रमुख भूमिकामा देखिने भएकी छन्। उनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्दै उनको चरित्रमा अभिनय गर्न पाउनु आफ्ना लागि गौरवको कुरा भएको बताएकी छन्।

हालैमात्र फ्रान्समा भएको ‘कान्स फिल्म फेस्टिभल २०२३’मा उर्मिला पुगेकी थिइन्। त्यहाँ उनी परवीनको बायोपिकका लागि फोटोकल सार्वजनिक हुने कार्यक्रमको हिस्सा हुन पुगेकी थिइन्।

फिल्म वसीम एस कानले बनाउन लागेका हुन्। फिल्मको नाम फाइनल भइसकेको छैन। फिल्मको स्टोरीलाइन धीरज मिश्राले लेखेका छन्। जसमा बोल्ड अक्षरमा परवीन बबीको नाम लेखिएको छ। जसमा दुई अनुच्छेद छन्, जसमा फिल्मले अभिनेत्रीको फिल्मी करियरसँगै उनको निजी जीवनको बारेमा बताउने उल्लेख गरिएको छ।

‘बलिउड असफल रह्यो, तर म तपाईंलाई गर्व महशुस गराउनेछु परवीन बबी। ऊँ नम शिवाय, साँच्चै नै नयाँ यात्रा जादुमय हुनेछ,’ उनले लेखेकी छन्।