श्रम र स्थानीय उत्पादनमा सक्रिय बन्न सांसद फुँयालको आग्रह

श्रम र स्थानीय उत्पादनमा सक्रिय बन्न सांसद फुँयालको आग्रह


काठमाण्डौ । गाउँगाउँमा रोजगार सिर्जना गर्नकालागी उत्पादनमा ध्यानदिन पुर्बमन्त्री एबँ बागमती प्रदेशका साँसद रामेश्वर फुयालले आग्रह गरेका छन । नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखाको नबनिर्मित भवन उद्घाटन तथा उपशाखालाई भबनको साँचो हस्तान्तरण कार्यक्रममा यस्तो आग्रह गरेका हुन । ढुँगा रातो र पेट तातो हुनुपर्छ यसका लागी सत्कर्म, उचित शिक्षा, श्रम र स्थानिय उत्पादनमा सक्रिय हुन उनले आग्रह गरेका हुन ।

सन्तान शिक्षित बनाउन बुहारी शिक्षमा जोड दिनुपर्ने बताउँदै साँसद फुँयालले प्रबिधिक शिक्षाले रोजगारी र आत्मानिर्भरतामा सहयोग पुर्याउने बताए । नयाँबर्ष २०२२को पहिलो दिन परोपकारी सँस्था रेडक्रसको भवन उद्घाटन गर्ने शुभ अबसर जुरेकोले बर्षैभरी यस्तै शुभकर्म गर्ने पाईने अपेक्षा पनि उनले गरेका थिए ।

३७ लाख २२ हजार ९ सय ८५ रुपयाँको लागतमा निर्माण सँम्पन्न भएको भबनमा १८ लाख ६२ हजार ६ सय १९ रुपयाँ स्वस्फुर्त चन्दा मार्फत सँकलन भएको र बाँकि रकम प्रदेश सरकार लगायत अन्य श्रोतबाट प्राप्त भएको भवन निर्माण समितीका सचिब सनोज भट्टराईले जानकारी दिए ।

समितीका अध्यक्ष पुस्कर पौडेलको सभापतित्वमा सँम्पन्न साँचो हस्तान्तरण कार्यक्रमलाई सँबिधान सभा सदस्य मा. दिपक प्रसाद कुँइकेल, रेडक्रस काठमाण्डौ जिल्ला सभापति मथुराराम श्रेष्ट, कास्कुन काठमाण्डौका सचिब सालिकराम पुडासैनी, कागेश्वरी मनोहरा नगरपालीका ३ नँ वडाका अध्यक्ष राममणि पुडासैनी, तत्कालिन भद्रवास गाबिसका पुर्ब अध्यक्ष बिष्णुदेबी पुडासैनी लगायतले सँबोधन गरेका थिए ।

२०७७ माघ १६ गते बाग्मती प्रदेशका तत्कालिन भौतिक पुर्वाधार बिकाश मन्त्री रामेश्वर फुँयालले शिलान्यास गरेको सामुदायिक रेडक्रस भवनको आज बयोबृद्द पण्डित लक्ष्मण पौडेलले उद्घाटन गर्नुभएको हो । उद्घाटन तथा साँचो हस्तान्तरण कार्यक्रमकै अबसरमा भवन निर्माणमा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मानपत्र समेत बितरण गरिएको थियो । सोहि अबसरमा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले भबन निर्माण समितीलाई धन्यबाद सहित सम्मानपत्रले सम्मान गरेको थियो ।