यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ


काठमाडौँ ।

यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ परेका छन्। शुभम फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई शुक्रबार पक्राउ गरिएको हो।

फाउन्डेशनका संचालकसमेत रहेका राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङले पुष्टि गरेको छ । एक जना पीडित पनि प्रहरीको सम्पर्कमा आएको थप सोधपुछ भइरहेको उनको भनाइ छ।

फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको सेतोपाटी डट कमले वैशाख २८ मा समाचार प्रकाशित गरेको थियो। फाउन्डेशनमा डेढ सय विद्यार्थी बस्दै आएका छन्। राई आफूलाई कृषिविज्ञका रूपमा चिनाउँदै आएका छन् ।