माओवादी नेता पुनलाई उपचारका लागि बैंकक लगिँदै

माओवादी नेता पुनलाई उपचारका लागि बैंकक लगिँदै


काठमाडौं, १२ असोज । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ । जन्डिसका कारण ललितपुरस्थित सुमेरु अस्पतालमा उहाँ दुई दिनदेखि उपचारका लागि भर्ना हुनुभएको थियो । पुनलाई थप उपचार गर्न बुधबार बिहान बैंकक लैजान लागिएको बताइएको छ ।  पुनको पारिवारिक स्रोतका अनुसार जन्डिसको समस्या बढेपछि बैंकक लैजाने निर्णय भएको हो । उहाँको यसअघि पनि बैंककमा उपचार गरिएको थियो । सांसदसमेत रहनुभएका पुन लामो समयदेखि जन्डिसबाट पीडित रहेको र त्यसको उपचारका लागि उनलाई बैंकक लान लागिएको हो ।

पुनलाई २०७२ सालमा पनि बैंककमा उपचार गरिएको थियो । त्यतिबेला उहाँ लामो समय उपचारका लागि बैंककमा बस्नुभएको थियो । त्यसपछि पुनले नियमित औषधि लिइरहेको र प्रत्येक वर्ष फलोअपका लागि बैंकक गइरहनुभएको थियो । तर पछिल्लो दुई वर्ष भने उहाँ कोभिड–१९ महामारीका कारण फलोअपमा जान नसकेको बताइएको छ ।