काठमाडौँ ।
नेपाल प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।
बुधबार सचिवालयको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले विज्ञप्ति जारी गरेर सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी नेपाल प्रहरीलाई अनुसन्धान कार्यमा सहयोग गरिदिन आग्रह गरेका हुन् । तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रुपमा निष्कर्षमा पुर्याउन नेपाल प्रहरी प्रतिवद्ध रहेको उनको भनाइ छ ।
केही दिनयता प्रकाशित, प्रसारित समाचारले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा लेखिएको छ, ‘हालका दिनहरुमा कतिपय अनलाईन तथा छापा मिडियाहरु र विभिन्न सामाजिक सञ्जालहरुमा प्रहरीबाट अनुसन्धानको क्रममा रहेको भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणहरुलाई ठगी गरी संगठित अपराध गरेको मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको सन्दर्भमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ ।’


प्रतिक्रिया