‘पूर्व राजा, पूर्व रानी र पूर्व युवराज्ञी कसैको कुनै सामाजिक सञ्जाल छैन्’

‘पूर्व राजा, पूर्व रानी र पूर्व युवराज्ञी कसैको कुनै सामाजिक सञ्जाल छैन्’


काठमाडाैँ ।

पूर्व राजा ज्ञानेन्द्र साहको सम्वाद सचिवालयले पूर्व राजा शाह, पूर्व रानी कोमल शाह र पूर्व युवराज्ञी हिमानी शाहले कुनै पनि प्रकारको सामाजिक सञ्जाल सञ्चालन नगरेको प्रष्ट पारेको छ ।

छाप र हस्ताक्षर केही पनि नभएको एक विज्ञप्ति सम्वाद सचिवालयको नाममा जारी गर्दै यस्तो जानकारी दिइएको हो । विज्ञप्तिमार्फत निराधार, कपोकल्पित, भ्रमजालबाट मुक्त रहन आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन पनि अनुरोध गरिएको छ ।

सामाजिक सञ्जालको विषयमा यस अघि यस सचिवालयबाट २०७८-०८-२३ मा समेत खण्डन भइसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हिजो बिहीबार इलाम पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुहारी नातिनीहरुलाई लिएर फुरफुर नगर्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका थिए । ओलीको चेतावनी हिमानी शाहको नाम खुलेको फेसबुक एकाउण्टमा पोष्ट गरिएको ‘ओलीले झापामा भेटेछन्’ भन्ने स्ट्याटस्प्रति लक्षित भएर आएको चर्चा गरिएको थियो ।