बाजुरालाई केन्द्र बनाएर ५.९ म्याग्निच्युडको भूकम्प

बाजुरालाई केन्द्र बनाएर ५.९ म्याग्निच्युडको भूकम्प


काठमाडौँ । बाजुरा केन्द्र बिन्दु भएर मध्यराति भूकम्पको झड्का महसुस गरिएको छ । सुदूरपश्चिम प्रदेशको बाजुरालाई केन्द्र बनाएर राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरुमा पनि महसुस गरिएको थियो । राति नै मानिसहरूको भागाभाग भएको थियो । भूकम्पले पुर्याएको क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

पछिल्लो समय बाजुरा केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ ।