काठमाडौं ।
बारा निर्वाचन क्षेत्रनम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अग्रता निरन्तर कायम राखेका छन् ।
पछिल्लो पटक सार्वजनिक गरिएको मत परिणाम अनुसार ५० हजार ७ सय ६८ मत गणना हुँदा यादवले १८हजार ९६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहले १३ हजार ८६मत पाएका छन् । यादव पाँच हजार १० मतले अगाडि छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ४ सय ५९ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १ सय ६३मत पाएका छन् । बारा २ मा आइतबार सम्पन्न उप–निर्वाचनमा ६८ हजार ८ सय ८६ मत खसेको थियो ।
प्रतिक्रिया