काठमाडौँ ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेको मतान्तर झन् बढेको छ ।
पछिल्लो विवरणअनुसार वाग्लेले १७ हजार मत कटाएका छन् । वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत प्राप्त गरेका छन् ।
अहिले भट्टराई र वाग्लेबीचको मतान्तर ७६७४ रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ८६७ मत प्राप्त गरेका छन् । अहिलेसम्म ३५ हजार ३६ मतको गणना सकिएको छ ।
प्रतिक्रिया