बारामा चार मुख्य प्रतिस्पर्धी मध्ये तीनले मतदान गर्न नपाउने

बारामा चार मुख्य प्रतिस्पर्धी मध्ये तीनले मतदान गर्न नपाउने


काठमाडौँ ।

बारा–२ मा हुन गईरहेको उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धी मध्ये तीनले भने मतदान गर्न नपाउने भएका छन् ।

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन ।

एमालेका पौडेलको बारा–३ को मतदाता रहेको, जसपा नेपालका यादवको सप्तरीमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन । जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफनो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनेछन् ।