मुम्बई ।
‘वार २’ निर्देशनका लागि निर्देशक अयान मुखर्जीले महंगो पारिश्रमिक लिएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘वार २’ निर्देशनका लागि उनले करिब ३२ करोड भारतीय रुपैयाँ लिने भएका हुन ।
भारतीय सञ्चार माध्यमका अनुसार यशराज फिल्म्सले ‘वार २’ निर्देशन गर्न अयानलाई प्रस्ताव गरेको र उनले सो फिल्मका लागि ३२ करोड बराबरको पारिश्रमिकको माग गरेका हुन ।
ऋतिक रोशनको प्रमुख भुमिका रहने फिल्म ‘वार २’ सन २०२४ को अन्त्यमा रिलिज हुने बताइएको छ । करिब दुई सय करोड भारतीय रूपैयाँमा बन्न लागेको ‘वार–२ यशराज स्पाई युनिभर्सको छैटौं फिल्म हो । यसअघि स्पाइ युनिभर्सको निर्माणमा यसअघि ‘पठान’, ‘वार’ र ‘टाइगर जिन्दा है’ जस्ता हिट फिल्म निमार्ण गरिसकेको छ ।
प्रतिक्रिया