कामठाडौँ ।
भाइरल दरिद्रताले ग्रस्त, फुर्सददिला तर्क , वास्तविकताको ढाकछोप, सत्यताको नजर अन्दाज , चित्रण र चित्रमा फरक छुटाउन नसक्ने साइबर स्यालको रूपमा आक्रामक बन्ने प्रवृत्तिले बिचारलाई शून्यता तिर धकेल्छ।
बौद्धिक दरिद्रता, शैक्षिक दरिद्रता, आर्थिक दरिद्रता, मानसिक दरिद्रता, वैचारिक दरिद्रता त्योभन्दा पनि ठुलो राजनीतिक दरिद्रताको रोग अहिलेको युवालाई लागेको छ। सामाजिक सञ्जालले निम्त्याएको भाइरल मानसिकताले अहिलेको युवालाई बिचार हीनता फलोअर्सको रूपमा परिणत गरेको छ । फ्लोहर्स मानसिक दरिद्रताको उपज हो । यसले निकटतम भविष्यको डर लाग्दो कुरूप पक्षको मार्गचित्र गरेको छ ।
पुँजीवादी मानसिकताले सामाजिक संरचनालाई वस्तुको रूपमा व्याख्या गर्ने र सोही अनुरूप हेर्ने दृष्टिकोण दिन प्रतिदिन झन् उन्नत भएर विकसित हुँदै छ । पितृसत्तात्मक मानसिकता पनि झन् बलवान् बन्दै गएको छ । आर्थिक दरिद्रताले सामाजिक मर्यादा र नैतिकताको ध्वजी उडाउ छ । विगतमा पृत्तिसत्ताले समाजका रहेका कमजोर वर्ग आवाज विहीनताको मज्जाले प्रयोग गरेका थिए । बर्तमानमा यो ट्रेनमा परिवर्तन ल्याएर’ घुमाउरो प्रयोग सिद्धान्त’ लागू गरेको देखिन्छ ।
प्रयोग गरेर दास बनाइएकै हो तर त्यो बर्गलाई आफू प्रयोग भएको, दबिएको अथबा हिंसामा परेको थाहा नै हुँदैन । समाजको सबै भन्दा उत्पीडित संख्यात्मक हिसाबले ठुलो महिला वर्गलाई कथित अधिकार र स्वतन्त्रताको छाहरीमा पुरुषबादी सोचले फेरि नांगै उघाङ्गो पार्दै छ । टिकटक देखि युट्युवसम्म इनिस्टाग्राम देखि फेसबुकमा महिलाको चरित्र जोडेर गालीगलौज गर्ने यूथले बिचार शून्यताको कामान्डिङ गरिरहेको छ । एक महिलाले हिंसा भयो ? भन्दा उ नै दोषी हुनु पर्ने अझै त्यो घटनालाई वषौँसम्म जोडेर सामाजिक संजालमा नै गालीगलौज गर्ने प्रवृत्ति दिनानुदिन दिन बढ्दै गएको छ । कथित राजनीति र वैचारिक रूपमा परिपक्व भन्दै मपाइत्वको तक्मा भर्नेले पनि महिलालाई दोषी ठहर गर्दै नङ्ग्याएको देख्दा अचम्म लाग्छ।
यति लेख्दै गर्दा बर्तमानमा भाइरल बनेको प्रकाश सपूत ‘सकम्बरी’ बोल नामक गीतबारे नबोल्दा अन्याय हुन्छ । पितृसत्तात्मकता समाजको विगत र बर्तमानको सच्चाई नै हेर्ने हो उक्त गीतको भिडियोमा देखाइएको दृश्य गलत नहोला । तर यसरी प्रस्तुत गर्न मिल्ने कि नमिल्ने भन्ने छुटै बहसको विषय बन्न सक्छ ।
उपभोग बस्तुको रूपमा लिने मानसिक दरिद्रताले आफ्नो मुनाफाका लागि गाउँका फुलमायाहरूलाई आर्थिक, वैवाहिक सम्बन्ध, अपरण र अन्य प्रलोभन पारेर भारतको कोठीमा सकम्बरी बन्न बाध्य पारेका फुलमायाहरुका घटना तितो सत्य नै छन्। अहिले पनि फुलमायाहरू सकम्बरी बन्न रोकिएको छैन । यस्ता सकम्बरी खोजी गर्ने हो भने हाम्रो समाजमा थुप्रै छन् ।
छिमेकी देश र वैदेशिक रोजगारीको नाममा फुलमायाहरूलाई सकम्बरी बनाएका घटना छरपस्ट छन् । नेपालको ठुलो-ठुलो सहरमा फुलमायाहरू बाध्यताले सकम्बरी बन्न बाटोमै सौदाबाजी गरिरहेका तितो दृश्य लाई अनदेखा गर्दै हिडेको तपाईं हामी नै छौँ। ‘सकम्बरी’ नामको गीतमा नेपाली समाजमा रहेको निम्न वर्ग, पृत्तीसत्ताले महिलालाई मदिरा सेवन गरेर गरिने हिंसाको वास्तविक विम्बलाई देखाएको छ।
पारिवारिक जिम्मेवारी र आफ्नो सपना पूरा गर्न सहर आएको दृश्यले महिला आत्मनिर्भर बन्नु पर्छ भन्ने पक्ष देखाउन खोजिएको छ । बिचमा केही शब्द विवादास्पद प्रयोग भएता पनि पृत्तीसत्ताले महिलालाई उपभोग्य बस्तुको रूपमा लिन्छ, उपभोग गर्छ भन्ने पुँजीवादी मानसिकताको घिनलाग्दो पक्ष देखाएको छ । प्रकाश सपुतले समाजका फुलकुमारीहरू कसरी सकम्बरी बनाइन्छ र बन्न बाध्य हुन्छन् भन्ने काल्पनिक सिनेमा र काल्पनिक पात्र मार्फत समाजको ऐना देखाउने प्रयास मात्र गरेका छन् ।
पितृसत्तात्मकता मानसिकताले फुलमायाहरूलाई सकम्बरी बनाइने प्राय सबै क्षेत्र (क्याम्पसमा शिक्षकले, कार्यक्षेत्रमा हाकिमले, राजनीतिमा, घरमा.. आदि) मा गरेको देखिन्छ । पृतिसत्ताको उपभोग्य मानसिकतामा कति फुलमायाहरू सकम्बरी बन्न तयार भएनन् ? कति तयार भए ? कतिले विद्रोह गर्न सके ? कति अझै सकम्बरी बनी रहेको छन् ? फुलमायाहरूलाई सकम्बरी बनाउने दरिद्र मानसिकतालाई कसले रोक्ने ? फुलमायाहरूको भोको पेट पाल्ने सम्मानित रोजगारी सिर्जना गर्ने दायित्व कसको हो ?
प्रतिक्रिया