काठमाडौं ।
कास्की पोखरा महानगरपालिका–१५ सिताराम हाउजिङस्थित खेल मैदानमा खेल्ने क्रममा प्वालबाट खसेकी १२ वर्षीय स्मृती पराजुलीलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ ।
जमिनको सतहबाट करिब २ सय मिटर तल झरेकी पराजुलीलाई बाहिर निकाले लगतै पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचारका लागि लगिएको थियो । तर, उनलाई अस्पतालले बचाउन सकेन ।
महानगरपालिका– ८ नागढुंगा बस्ने पराजुली खेल खेल्ने क्रममा उक्त प्वालमा खसेकी थिइन् ।
सुचना भए लगतै सशस्त्र पहरी २४ नंं कालीका गणबाट खटिएका गोताखोर टोली उद्धारका लागि घटनास्थल खटिएका थिए । उद्धार गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए लगतै उनलाई डाक्टरले मृत घोषित गरेको थियो ।
प्रतिक्रिया