आज अष्ट्रेलियन डलरको रेटमा सामान्य वृद्धि, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरको रेटमा सामान्य वृद्धि, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा रहेको छ । बुधबारको तुलनामा आज अष्ट्रेलियन डलर ११ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ ।

यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ०३ पैसा र बिक्री दर १३१ रूपैयाँ ६३ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ २२ पैसा र बिक्री दर १४३ रूपैयाँ ८७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७० पैसा र बिक्री दर १६३ रूपैयाँ ४४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।