काठमाडौँ ।
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ तथा कांग्रस नेता सुनिल थापाले जानकारी दिए ।
काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको थापाले जानकारी दिए ।
जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गरेका थिए । राणा हिमालयन बैंकका संस्थापकसमेत हुन् ।
तत्कालीन समयमा अर्थसचिव रहेका राणालाई २०१३ साल वैशाख १० गते गभर्नरमा नियुक्त गरि २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो ।

प्रतिक्रिया