बारा । आफ्नै आमाको हत्या गरेको आरोपमा निजगढ प्रहरीले रतनपुरबाट छोरालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–१२ बुङ्गजोरका ४३ वर्षीय सनी लामालाई ७१ वर्षीया आमा कान्छिमाया घलानको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको हो। कान्छिमायाको हत्यापछि गाउँ छोडेर भागेका सनीलाई प्रहरीले हेटौडा उपमहानगरपालिका–१ स्वर्गद्वारीस्थित आफन्तको घरबाट मंगलवार राति नियन्त्रणमा लिएको प्रहरी निरीक्षक…