काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा नेपाल प्रहरीले ३० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। अनुसन्धान पूरा गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बुझाएको रायसहितको प्रतिवेदनमा प्रहरीले त्यस्तोसिफारिस गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँले २०७९ चैत १२ देखि सुरु गरेको अनुसन्धान ५८ दिनमा पूरा गरेको हो। नक्कली भुटानी शरणार्थी…