काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ उम्मेदवारहरूको बन्दसूची बुझाउन २ र ३ असोजको मिति तोकेको छ । जसकारण अहिले प्रमुख दलहरू समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्न छलफल र बैठकमा केन्द्रित भएका छन् । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति र पदाधिकारी बैठकसमेत बसिरहेको छ । समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउने दिन नजिकिँदै जाँदा…