माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुको विकल्प छैन : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज बिहिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको आरोपसमेत लगाए। सरकारले जनतामा आशा जगाउन नसकेको उनको टिप्पणी थियो। कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने नेता कोइरालाले…