नयाँ रोडम्याप बनाउन रास्वपाको केन्द्रीय समितिको बैठक जलेश्वरमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक राजधानी बाहिर महोत्तरीमा केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक गर्दैछ।आजबाट महोत्तरीको जलेश्वरमा सुरु हुने केन्द्रीय समिति र संसदीय समितिको बैठकले पार्टीको विभिन्न विभागका प्रतिवेदनहरुमाथि छलफल गर्ने छ। राजनीतिक, आर्थिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र संगठन विभागका प्रतिवेदन छलफलका एजेण्डा रहेको महासचिव मुकुल ढकालले…