सभामुख निर्वाचनः आज उम्मेदवारी दर्ता, निर्वाचन भोलि

काठमाडौँ । संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका छ । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । सवा चार बजे दर्ता गरिएका उम्मेदवारको नाम प्रकाशन गर्ने कार्यतालिका रहेको छ । सभामुखको निर्वाचन भोलि (बिहीबार) हुँदैछ । अहिलेसम्म दलहरूले उम्मेदवार तय गर्न सकेका छैनन् ।