काठमाडौँ । प्रदेश नं एकको नाम कोसी कायम भएको छ । नेकपा एमालेको प्रदेश १ को नाम ‘कोशी प्रदेश’ हुनुपर्ने प्रस्ताव दुई तिहाई मतभन्दा बढी मतले पारित भएको हो । प्रदेशको नाम कोसी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको पक्षमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले समर्थन गरेका हुन्…