आज स्पोर्ट्स अवार्ड २०७८ : को-को छन त मनोनयनमा ?

काठमाडौँ । १९औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०७८ को आज मंगलबार हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिनेछ । पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा गरिनेछ…