एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटना स्थल पत्ता लागेको छ। खोज तथा उद्धारका लागि टर्कीबाट खटिएको ड्रोनले इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा जलेको अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सी अनादोलुले जनाएको छ। जलेको ठाउँ भेटिए लगत्तै त्यहाँ उद्धारकर्मीहरूको टोली खटिएको छ। हेलिकप्टरमा सवारहरूको अवस्थाका विषयमा भने अझै खुल्न सकेको छैन। ‘टर्कीबाट…