काठमाडौं ।
नरेन्द्र मोदीले तेस्रो पटक भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन्। मोदीले राष्ट्रपति द्रौपदी मुर्मु समक्ष प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ लिएका हुन्।
राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदीसहित गठबन्धन सरकारका ७२ मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ दिलाउँदै छिनु। सपथ लिएकामध्ये ३० जना क्याबिनेट मन्त्री, ५ जना स्वतन्त्र प्रभार र ३६ राज्यमन्त्री रहेका छन्। विभागहरू पछि घोषणा गरिनेछ।
प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा सहभागी हुन धेरै देशका सरकार प्रमुखहरु पनि भारत भारत आएका छन्। राष्ट्रपति मुर्मुको सरकारी निवासमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी छन्।
प्रतिक्रिया