काठमाडौंमा राती नौ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

काठमाडौंमा राती नौ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने


काठमाडौं, १६ कात्तिक । काठमाडौं जिल्लामा राती नौ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने निर्णय गरेको हो । प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्र देउसी–भैलो खेल्न पाइने स्पष्ट पारेको छ । पटका, अतिसबाजीजस्ता प्रज्वलनशील एवं विष्फोटन पदार्थ उत्पादन, ओसारपसार, विक्रिवितरण गर्न भने नपाईने समेत जनाएको छ ।

प्रशासन कार्यालयले देउसी भैलो खेल्दा राती नौ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्ण गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर गर्ने कुनै गतिबिधिहरु गर्न नपाइने समेत जनाएको छ ।