एडिलेडमा महिला सशक्तिकरणका लागि मनाईयो `सनसाइन डे´

एडिलेडमा महिला सशक्तिकरणका लागि मनाईयो `सनसाइन डे´


एडिलेड ।

एडिलेड नेप्लिज क्रिकेट एसोसियसन(एन्का) महिला खेलाडी सहित सम्पुर्ण महिला समुदायको सशक्तिकरणका लागि `सनसाइन डे´मनाएको छ । गत आइतवार एडिलेडमा आयोजित कार्यक्रममा एन्काकी सल्लाहकार तथा साउथ अष्टेलिया सरकारकी मन्त्री जिङ लीले महिलाहरुलाई समुह बनाएर समुहको सहयोगमा अगाडि बढ्न आग्रह गर्नुभयो । उहाले कुनै पनि काम गर्न सक्दिन हैन म गर्छु सक्छु भन्ने सोचले आट लिएर अगाडि बढ्न उत्प्रेरित गर्दै मन्त्री सम्म पुग्दाका आफ्ना आरोह अवरोहहरु सुनाउनुभयो ।

मन्त्री लीले कोरोना महामारीले हामीलाई केहि दुख दिए पनि हामी र हाम्रो जिवन वारेमा सोच्न अवसरहरु दिएको वताउनु भयो । कार्यक्रमकी प्रमुख वक्ता पारा ओलम्पियन क्ट्रीना ओएभले सहभागीहरुलाई आफ्नो अपाङ्गताका विचमा पनि ओलम्पिक यात्रा र अहिलेका दिनमा पनि शारीरिक अशक्त वालवालिकाहरुका लागि गरिरहेको कार्यको प्रेणात्मक ढंगले प्रस्तुत गर्नु भएको थियो । उहाले महिला हुन कि पुरुष आफ्नो कामको रुटिङ बनाएर अगाडि बढ्न आग्रह गर्दै यसो गर्दा कार्य सधै सफल हुने बताउनुभयो ।

आफु भित्रको क्षमता निकाल्न समय दिएर लाग्नु पर्नेमा उहाको जोड थियो । क्ट्रीनाले शारीरिक बल लगाएर खेलमा सफल भएको तर खेलकुदका मनोचिकित्सकको सहयोग र सल्लाहले नै अपठारो परिस्थितिमा पनि अगाडि बढ्न सफल भएको वताउनुभयो ।

कार्यक्रमको दिपक क्षेत्रीको संचालनमा भएको समुह छलफल काइली रत्तार्या , डेभिड पेन , डा.क्याथरिमे दा सिल्भाले आफ्ना जिवन र संघर्षका बारेमा अनुभव सहभागी विच प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा पाकिस्तानी मुलकी डा शुमाइला हादी जो एमविविसको विश्वविद्यालयको स्वर्ण पद समेत विजेता हुनुहुन्थ्यो उहाले समेत आफ्ना जिवन र भोगाई वारेमा प्रेरणात्मक ढंगले राख्नु भएको थियो ।

कार्यक्रममा एन्काकी सचिव डोलकर गुरुङले सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि एन्काले महिला खेलाडी सहित महिलाहरुका थप समाजमा अगाडि बढ्न उत्प्रेरित गर्ने कार्यक्रम ल्याउने बताउनुभएको थियो । भने साउथ अष्ट्रेलियन क्रिकेट एसोसियसन (साका)का म्याट लुकासले पनि सहभागी सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो । के हो सनसाइन डे – एडिलेड नेप्लिज क्रिकेट एसोसियसन(एन्का) अन्तरगत महिला टिमको नाम हो सनसाइन ।

एन्का अध्यक्ष विजय जोशीका अनुसार एन्काले खास गरि महिला खेलाडीलाई खेल प्रति उत्प्रेरणा जगाउन र सबै महिलाहरुलाई पनि समाजको विभिन्न क्षेत्रमा अगाडि बढेर नेतृत्व विकासमा सहयोग पुगोस भनेर सनसाइन डे को थालनी गरिएको वताउनुभयो ।

उहाले एन्काले खेलकुदको माध्यमबाट महिला सशक्तिकरणमा जोड दिएको वताउनु भयो । जोशीले पहिलो कार्यक्रमको प्रस्तोता तथा सहभागीबाट निकै सकारात्मक प्रतिक्रिया पाएको वताउनुभयो ।