आगलाली पीडितलाई तत्काल राहत र उद्दारको व्यवस्था मिलाउनुहोस : गृहमन्त्री लामिछाने

आगलाली पीडितलाई तत्काल राहत र उद्दारको व्यवस्था मिलाउनुहोस : गृहमन्त्री लामिछाने


काठमाडौं ।

उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले, वन डढेलो तथा आगलागीबाट पीडितहरुलाई राहत दिने कुरामा ढिलाई नगर्न निर्देशन दिएका छन्।

शुक्रबार गृह मन्त्रालमा वन डढेलो तथा आगलागी नियन्त्रण र आउनसक्ने वाढी पहिरोको संभावित जोखिमको आंकलन अभियान अन्तरर्गत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने आफूलाई भन्न आग्रह गर्दै तत्काल कुनै ढिलाई नगरी राहत र उद्दारको लागि निर्देशन दिएका हुन्।

उनले भने,‘तत्काल राहतको लागि कुनै पनि ढिलाई नहोस् । यहाँ आम सर्वसाधारणले आलोचना गर्ने, संचारमाध्यममार्फत हाम्रो कमजोरीहरु छताछुल्ल गर्ने काम भएपछि चासो दिने गरिन्छ। यो चाहीं हुँदैन् । मैंले रोकेको छु भने मलाई अहिले भन्नुहोस्। सचिवले रोक्नुभएको छ भने यहाँ तत्काल भन्नुहोस्। कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने भन्नुहोस् तर तत्काल कुनै ढिलाई नगरी राहतको र उद्दारको लागि काम गरिहाल्नुहोस्।’

कतिपय ठाउँमा जनचेतनाको कुरामा सरकार चुकिरहेको कारण पनि वन ढडेलो तथा आगलागी हुने गरको उनको भनाई छ ।