फ्रिडम डेको भोलिपल्ट भिक्टोरियामा १७ सय ५० नयाँ कोरोना संक्रमित

फ्रिडम डेको भोलिपल्ट भिक्टोरियामा १७ सय ५० नयाँ कोरोना संक्रमित


मेलबर्न, अष्ट्रेलिया ।

लामो लकडाउनको अन्त्यपछिको शुक्रबार भिक्टोरियामा १७ सय ५० नयाँ कोरोना संक्रमित थपिएका छन् । बिहीबार मध्यरातबाट खुलेको भिक्टोरियामा गएको २४ घण्टामा गरिएका ७२ हजार ८५८ परीक्षणमा यस्तो नतिजा आएको हो ।

शुक्रबारसम्म ७२ प्रतिशतभन्दा बढी भिक्टोरियावासी १६ वर्षभन्दा माथिको जनसंख्याले खोप लगाइसकेको छ । यो संख्या ८० प्रतिशत पुगेपछि प्रतिबन्धहरुलाई थप खुकुलो बनाउने योजना छ ।

२४ घण्टाको अवधिमा थप ९ जनाले ज्इान गुमाएका छन् भने डेल्टा भेरियन्टको पछिल्लो संक्रमणमा ज्यान गुमाउनेको कूल संख्या २ सय १२ पुगेको छ ।