काडमाडौँ । गायक राजेश पायल राई र रचना रिमालको स्वरमा रहेको गीत ‘सेवारो हिङ्मन सुहाउने भो’ बोलको गीत सार्वजनिक भएको छ। गीत गायीका रिमालले आफ्नो अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्।
बुधवार बिहान सार्वजनिक नेपाली र लिम्बु भाषाको समिश्रणमा तयार गीत हो। दिलदुःखी जन्तरेको रचना रहेको गीतमा मनोज साङ्सोन राईको संगीत तथा संगीत संयोजन छ।
गीतको भिडियोमा राजेश पायल राई र रचना रिमालकै अभिनय रहेको छ। अनित विष्टको निर्देशनमा तयार भिडियोको सम्पादन र छायांकन मिराज अर्यालले गरेका हुन्। छोटो समयमै सांगीतिक क्षेत्रमा एक अलग्गै स्थान बनाएकी रचनाको स्वर १ हजार बढी गीतमा गुन्जिइसकेको छ।
प्रतिक्रिया