दिवंगत कन्नड स्टार पुनीतको नाममा स्याटलाइट निर्माण

दिवंगत कन्नड स्टार पुनीतको नाममा स्याटलाइट निर्माण


मुम्बई । दिवंगत कन्नड स्टार पुनीत राजकुमारको नाममा एक स्याटलाइट निर्माण गरिएको छ । बेङ्लोरको एक सरकारी स्कुलका विद्यार्थीले पुनीतलाई श्रद्धाञ्जली दिन स्याटलाइट निर्माण गरेका हुन् । यो स्याटलाइट श्रीहरिकोटा स्टेसनमा सार्वजनिक हुँदै छ ।

उक्त जानकारी कर्नाटक सरकारका विज्ञानमन्त्री सीएन असवन्त नारायणले दिएका हुन । यसअघि राज्य सरकारले पुनीतलाई मरणोपरान्त कर्नाटक रत्न अवार्ड दिने घोषणा गरेको थियो ।

मन्त्री नारायणका अनुसार विद्यार्थीहरुले १ दशमलब ९० करोडको लागतमा केजीएस३ सेटलाइटको विकास गरेका हुन् । सेटलाइटको नाम पुनीत राखिएको छ । ‘यो स्वतन्त्रताको अमृत महोत्सवको हिस्सा हो । सरकारले प्रदेशका स्कुल र कलेजबाट करिब एक हजार बच्चाको सर्टलिस्ट बनाउनेछ ।’ उनले भने ।

पुनीतको गत २९ अक्टोबरमा हृदयघातका कारण निधन भएको थियो ।