एसिया कप क्रिकेट : श्रीलंका अफगानिस्तानसंग पराजित

एसिया कप क्रिकेट : श्रीलंका अफगानिस्तानसंग पराजित


काठमाडौँ । श्रीलंकामाथि ८ विकेटको जितसहित अफगानिस्तानले शनिबारबाट सुरु भएको एसिया कप २०२२ मा विजयी सुरुआत गरेको छ । समूह ‘बी’अन्तर्गतको खेलमा श्रीलंकाले प्रस्तुत गरेको एक सय ६ रनको सामान्य लक्ष्य अफगानिस्तानले १०.१ ओभरमा मात्र २ विकेट क्षतीमा भेट्टाएको थियो ।

अफगानिस्तानका लागि ओपनर र्गुबाजले ४० र हज्मतुल्लाहले अविजित ३८ रनको योगदान गरे। यी दुई ओपनरले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए ।

हज्मतुल्लाहले २८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दा र्गुबाज १८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । श्रीलंकाका हसरंगाले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङका लागि आएको श्रीलंका १९.४ ओभरमा मात्र १ सय ५ रनमा अलआउट भएको थियो ।

श्रीलंकाका राजापाक्षले ३८ र करुणारत्नेले ३१ रन जोडे। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका फहारुखले ३ तथा नाबी र मुजिबले समान दसई विकेट लिए ।